इन्जिनियर सागर कार्की · मेयर पदका स्वतन्त्र उम्मेदवार

समृद्ध भरतपुर
साझा संकल्प

Sagar Karki holding Nepali Flag
म यस्तो भरतपुर चाहन्छु - इ. सागर कार्की

हाम्रो भरतपुर, साझा भरतपुर

BHARATPUR

समृद्ध भरतपुरको ५ आधार
म यस्तो भरतपुर चाहन्छु
  • जहाँ सडक सुरक्षित, नियम समान र न्याय निष्पक्ष होस्।
  • जहाँ महिला सुरक्षित, युवा अवसरयुक्त र नागरिक स्वस्थ होऊन्।
  • जहाँ शिक्षा गुणस्तरीय, लगानी सहज र शासन पारदर्शी होस्।
  • जहाँ नारायणी हाम्रो पहिचान र समृद्धिको आधार बनोस्।
  • जहाँ विकास कङ्क्रिटमा होइन, मानिसको जीवनमा देखियोस्।
  • जहाँ प्रविधि, प्रकृति र मानवीयता सँगसँगै अघि बढून्।

१. ENGINEERING | व्यवस्थित र सुरक्षित सहर

पूर्वाधार, सडक, ढल, डुबान, ट्राफिक, पार्किङ, भवन, डिजिटल पूर्वाधार, विपद् व्यवस्थापन।

२. ENVIRONMENT | स्वच्छ, हरित र जलवायु उत्थानशील भरतपुर

Zero Waste, नारायणी राप्ती संरक्षण, हरियाली, नदी सम्पदा, प्रदूषण नियन्त्रण, मानव वन्यजन्तु सहअस्तित्व।

३. EMPOWERMENT | सक्षम नागरिक र पुस्ता

युवा, महिला, बालबालिका, सीमान्तकृत समुदाय, खेलकुद, कला साहित्य, नागरिक सहभागिता र सामाजिक नेतृत्व।

४. ECONOMY | उत्पादन, रोजगारी र समृद्धि

कृषि, स्थानीय उत्पादन, उद्यम, Startup, पर्यटन, 24-hour economy, सीप रोजगारी र निजी क्षेत्रसँग सहकार्य।

५. EXCELLENCE | स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा

स्वास्थ्य संस्था, 24/7 Emergency Response, Blood Management, शिक्षा, छात्रवृत्ति, विपन्न आवास, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक सुरक्षा।

दुई दशकको निरन्तर यात्रा

बाल्यकाल र नेतृत्वको प्रारम्भ - 1
1 / 3
२००० - २००६

बाल्यकाल र नेतृत्वको प्रारम्भ

९ वर्षको उमेरदेखि बालक्लबको अध्यक्षका रूपमा बालअधिकार र पैरवीमा नेतृत्व गर्दै, स्काउट, रेडक्रस तथा सामाजिक अभियानमार्फत समुदायसँग जोडिएको। ‘लुकिरहेको आवाज’ पहिलो कविता संग्रह प्रकाशित, १६ वर्षको उमेरमा ‘कार्तिकेय राष्ट्रिय बाल प्रतिभा पुरस्कार’ प्राप्त ।

ज्ञान र सीप, व्यावहारिक समाधान - 1
1 / 6
२०१० - २०१५

ज्ञान र सीप, व्यावहारिक समाधान

पूर्वाधार विकासको प्राविधिक पक्ष बुझ्न सिभिल इन्जिनियरिङमा स्नातक पूरा गरी नेपालमा नै प्राविधिकका रूपमा विभिन्न जिम्मेवारी सम्हाल्दै व्यावहारिक कार्यअनुभव हासिल। साहित्यिक कृतिका रूपमा अंग्रेजी उपन्यास Those Little Secrets प्रकाशित ।

साहसिक आन्दोलन, निष्ठा र 'बेटर चितवन' को संस्थागत उदय - 1
1 / 4
२०१५ - २०१७

साहसिक आन्दोलन, निष्ठा र 'बेटर चितवन' को संस्थागत उदय

२०१५ देखि हालसम्म ‘बेटर चितवन’ मार्फत ‘भरतपुर बगैँचानगर’, ‘भाग्य बोक्ने झोला’, ‘साथीका निम्ती साथी’ लगायत १००+ जनअभियानको नेतृत्व, २०१५ को भूकम्पमा राष्ट्रिय स्वयंसेवक कार्यक्रम अन्तर्गत चितवन जिल्ला संयोजक तथा एक्सन नेपालमा परियोजना संयोजकको रूपमा धादिङ्गका ५ गाविसका ८३२ घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छतामा कार्यरत ।

माटोको श्रम र कृषि उद्यमशीलता - 1
1 / 3
२०१७ - २०२१

माटोको श्रम र कृषि उद्यमशीलता

‘माली दाई एग्रो इनोभेसन’ र ‘एग्रीभिजन हाइटेक’मार्फत कृषि उद्यम सञ्चालन, आधुनिक कृषि प्रविधिको प्रयोग, किसानलाई प्राविधिक परामर्श र उत्पादनमुखी सहजीकरण गर्दै चितवनको कृषि क्षेत्रमा प्रत्यक्ष काम गरेको अनुभव। व्यवस्थापनमा स्नातकोत्तर।

कोभिडदेखि ‘नारायणी नदी बचाऔँ’ अभियानसम्म - 1
1 / 4
२०२१ - २०२५

कोभिडदेखि ‘नारायणी नदी बचाऔँ’ अभियानसम्म

कोभिड–१९ मा ERT नेतृत्व र पाँच प्रदेशका प्रमुख पालिकामा फोहोरमैला व्यवस्थापन परियोजना संयोजन । २०२२ देखि ‘नारायणी नदी बचाऔँ’ अभियानको नेतृत्व, निषेध, रोजगारी गुमेको अवस्था र ८ महिनाभन्दा लामो संघर्षका बाबजुद सर्वोच्च अदालतमा मुद्दा लडी नारायणी संरक्षणमा जित ।

नयाँ युगको सुरुवात र मेयरको संकल्प
२०२६

नयाँ युगको सुरुवात र मेयरको संकल्प

२६ वर्षको भुइँतहको रैथाने अनुभव, विकल्प खोज्ने होइन, आफैं विकल्प बन्ने संकल्प। पाँच प्राविधिक प्रतिबद्धता र पूर्ण पारदर्शी शासनको मार्गचित्रसहित ‘हाम्रो भरतपुर, साझा भरतपुर’को मूल दर्शन बोकेर भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा ।

मिडिया र समाचार

सञ्चार माध्यममा सागर कार्की

भरतपुर महानगरले जागिर खोसेका वातावरण संरक्षणकर्मी सागरको अठोट: नयाँ पुस्ताको भविष्यको लागि मेयर बन्नुछनेपाल
नेपाल प्रेस (Nepal Press) · २०८१ असार ११ (June 2024)

भरतपुर महानगरले जागिर खोसेका वातावरण संरक्षणकर्मी सागरको अठोट: नयाँ पुस्ताको भविष्यको लागि मेयर बन्नुछ

नारायणी नदी संरक्षण गर्दा महानगरबाट जागिर गुमाएका युवा अभियन्ता सागर कार्कीको दृढ संकल्प, भरतपुरको दिगो विकास र नयाँ पुस्ताको भविष्यका लागि मेयर पदमा यात्रा।

पूरा पढ्नुहोस् →

नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!

‘नदीसँगै हामी’ नाम दिइएको उक्त अध्ययनका संयोजक इञ्जिनियर सागर कार्की अहिलेकै अवस्था कायम रहे नारायणी नदीको अस्थित्व नै संकटमा पर्न सक्ने खतरा देखिएको बताउँछन्।

सेतोपाटी (Setopati) · २०८२ जेठ ६ (May 2025)
→

क्याम्पेन फर बेटर चितवन

सिभिल इन्जिनियरिङ सकेर सामाजिक कार्य र "बेटर चितवन" अभियानमा युवाहरूलाई एकजुट बनाउँदै सागर कार्कीको उदाहरणीय नेतृत्व।

कान्तिपुर (eKantipur / हेलो शुक्रबार) · २०७४ भदौ ९ (Aug 2017)
→

विद्यार्थीको फूल व्यवसाय : 'तिहारलाई मात्र होइन सयपत्री'

सिभिल इन्जिनियर सागर कार्की एमबीएका विद्यार्थी पनि हुन्। सातजना विद्यार्थी साथीहरूसँग मिलेर उनले भरतपुर र रत्ननगरमा सयपत्री फूलको खेती गरेका छन्।

कान्तिपुर (eKantipur) · २०७६ कात्तिक ९ (Oct 2019)
→
किन सागर कार्की ?

भरतपुरका लागि योग्य नेतृत्व

सिभिल इन्जिनियरको प्राविधिक दृष्टिकोण र क्षमता

सिभिल इन्जिनियरिङ र MBA पृष्ठभूमिसहित भरतपुरका सहरी, पूर्वाधार र वातावरणीय समस्याको वैज्ञानिक समाधान खोज्ने नेतृत्व।

११ वर्षको निरन्तर भुइँतहको पसिना र प्रमाणित ट्र्याक रेकर्ड

११ वर्षदेखि Better Chitwan मार्फत १००+ सामाजिक अभियानमा निरन्तर नेतृत्व र भुइँतहको अनुभव।

निडर साहस र जननिष्ठा

नारायणी संरक्षणका लागि ८ महिनाको संघर्षमा व्यक्तिगत पेशागत सुविधा गुमाउदा समेत सार्वजनिक हितलाई प्राथमिकता दिएको नेतृत्व।

सर्वोच्च अदालतदेखि माटोसम्म नतिजा प्रमाणित

सडकदेखि सर्वोच्च अदालत र कृषिको माटोसम्म समस्या पहिचान, कानुनी पहल र व्यवहारिक समाधानमा प्रत्यक्ष अनुभव।

पूर्ण पारदर्शी शासन र 'खुला सरकार' (Civic Livestream) को संकल्प

भ्रष्टाचार र बन्द कोठाको भागबन्डा संस्कृतिको अन्त्य गर्दै नगर कार्यपालिका बैठक, सार्वजनिक खरिद र टेन्डर प्रक्रियालाई डिजिटल माध्यमबाट प्रत्यक्ष लाइभस्ट्रीम गरी पारदर्शिता र जनउत्तरदायित्व सुनिश्चित गर्ने संकल्प।

बाल्यकालदेखि नै समुदायमा भिजेको विवादरहित र जोसिलो नेतृत्व

९ वर्षदेखि समुदायमा सक्रिय, स्थानीय मुद्दा बुझेको र अनुभव, ऊर्जा तथा प्राविधिक क्षमतालाई जोड्ने समावेशी नेतृत्व।

अभियानमा सहकार्य

आउनुहोस्, हाम्रो भरतपुर सँगै बनाऔँ।

समृद्ध भरतपुरका लागि हामी सबैको योग्यता, क्षमता, जोश र इमानदार प्रयास आवश्यक छ।